नेपाल बैंक फेरि पनि ‘ए’ स्तरको रेटिङमा पर्न सफल
काठमाडौं । विश्वमै ख्याति प्राप्त मुडिज्को लगानी सेवा उपलब्ध गराउने कम्पनी इक्रा नेपाल लिमिटेडद्वारा मुडिज्को स्ट्यान्डर्ड बमोजिम देशकै पहिलो बैंक—नेपाल बैक लिमिटेड लाई ‘ए’ अर्थात आईसीआरए एनपी–आईआर ‘ए’ स्तरको रेटिङ्ग कायम गरिएको छ ।
रेटिङ एजेन्सीद्वारा यस स्तरको रेटिङ्ग प्राप्त गर्ने बैंक तथा वित्तीय संस्थाको आफ्नो वित्तीय तथा आर्थिक दायित्वलाई समयमै भुक्तानी गर्न सक्ने पर्याप्त क्षमता हुने, बैंकको सीएएसए (कासा)को हिस्सा ६३% रहेको जुन नेपालको बैकिङ्ग क्षेत्रको औषत भन्दा उच्च रहेको, पर्याप्त पुँजी कोष अनुपात रहेको, कर्जा तथा निक्षेपको कन्सन्ट्रेसन जोखिम कम रहेको र समग्र कर्जा जोखिम न्यून रहेको भन्ने जस्ता आधारहरू प्रमाणित भएको बैंकले जनाएको छ ।
त्यसैगरी, हाल बैंकद्वारा जारी गरिएको साढे तिन अर्ब बराबरको १० वर्ष समयावधि तथा ८.५% ब्याजदर भएको ऋणपत्रको समेत ईक्राद्वारा ‘ए’ रेटिङ अर्थात आईक्रा एनपी एल ए रेटिङ गरेको छ । यस प्रकारको रेटिङले जारी गरिएको ऋणपत्रको तिर्नुपर्ने साँवा तथा ब्याजहरु समयमै भुक्तानी गर्नसक्ने बैंकको क्षमतालाई प्रमाणित गरेको बैंकले जनाएको छ ।
बैंकद्वारा कोभिड–१९ को प्रभाव द्वारा श्रृजित प्रतिकुल परिस्थितिमा समेत कर्जा तथा अन्य सम्पत्तिको गुणस्तर कायम राख्न सफल रहेको, वित्तीय दबावलाई ब्यबस्थापन गर्न कर्जा जोखिम, व्यवसायिक तथा वित्तीय जोखिमहरूको विश्लेषण, व्यवस्थापकीय क्षमतालगायत कायम राखेको बैंकले दावी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत लोकसभा निर्वाचन : पहिलो चरणमा १०२ सिटमा कहाँ र कति मतदान भयो ?
-
गोदावरीमा एमालेको कुम्भ मेला : विकसित पार्टी निर्माणमा स्पष्ट दिशानिर्देशको अपेक्षा
-
डर्ट टेम्पलले सुरु गर्यो डिटी९७७ एमएक्स च्याम्पियनसिप
-
तीन जना मृत अवस्थामा फेला
-
दाइको हत्या गरेको अभियोगमा पक्राउ
-
खड्काल्याण्डले प्रयोग गरेको स्काउटको जग्गा र भवनमा सिल गरेर सरकारले आतङ्क फैल्यायो : सांसद खड्का