मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

पत्नीको हत्या गरेर प्रहरी चौकीमा आत्मसमर्पण

सोमबार, २७ वैशाख २०७८, १५ : ००
सोमबार, २७ वैशाख २०७८

काठमाडौं । सर्लाहीको हरिवन नगरपालिका–११ मा डेरा गरेर बस्ने एकजना पुरुषले पत्नीको हत्या गरेर आत्मसमर्पण गरेका छन् । लालबन्दी नगरपालिकाको नवलपुर घर भएका ३५ वर्षीय विजयलाल कर्णले ३२ वर्षीय पत्नी उशादेवी कर्णको हत्या गरेका हुन् ।

हत्यापछि उनले गएराती इलाका प्रहरी कार्यालय हरिवनमा आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी मदन कुँवरले रातोपाटीलाई बताए । सामान्य विवाद हुँदा विजयलालले पत्नीलाई सिलौटाले हिकाएर हत्या गरेका हुन् । घटनाबारे इलाका प्रहरी कार्यालय हरिवनले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप