मकवानपुरमा थप १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि

मकवानपुर । मकवानपुरमा सोमबार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल १ सय ८६ जनाको स्वाब संकलन गरी एन्टिजेन र पिसीआर प्रविधिबाट परिक्षण गर्दा ५४ जना महिला र ५७ जना पुरुषमा संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईंले जानकारी दिए ।
संक्रमण पुष्टि हुनेमा बाहिरी जिल्लाका २ जनासहित मकवानपुरका १ सय ९ जनामा रहेका छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा सबैभन्दा बढी १ सय जनामा संक्रमण देखिएको छ भने मकवानपुरगढी गाउँपालिकाका ४ जना, मनहरी गाउँपालिकाका ५ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै हेटौँडा उपमहानगरपालिका वडा नम्बर–५ का २९ जना, हेटौंडा–४ का १९ जना, हेटौंडा–६ का १० जना, हेटौंडा–१ का ६, हेटौंडा–२ का ८ जना, हेटौंडा–७ का १ जना, हेटौंडा–८ का ५ जना, हेटौंडा–९ का ९ जना, हेटौंडा–१० का ७ जना, हेटौंडा–११ र १२ का २÷२ जना, हेटौंडा–१९ का १ जनामा संक्रमण पुष्टि भएको छ भने हेटौंडा घर भएका अर्का एक जना संक्रमितको भने वडा खुल्न सकेको छैन् । मकवानपुरमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण दर ६० प्रतिशत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
आर्थिक विकासका लागि ‘डिजिटल गभर्नेन्स’ अति आवश्यक
-
टाटा नेक्सनको नयाँ भर्जन के थ्री नेपालमा, मूल्य कति ?
-
पर्सामा अनलाइन जुवा खेलाउने एक जना भारतीय पक्राउ, अदालतबाट ५ दिनको म्याद थप
-
१२ बजे, १२ समाचार : ज्ञानेन्द्रको अभिव्यक्तिले संसदमा तरंगदेखि उर्जामन्त्रीको विरोध गर्ने कर्मचारीलाई हटाउन मन्त्रालयको ताकेतासम्म
-
१२ जना इन्स्पेक्टरको काज, पुल्चोकमा गम्भीरजंग थापा