शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मकवानपुरमा थप १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि

सोमबार, २७ वैशाख २०७८, १४ : ४६
सोमबार, २७ वैशाख २०७८

मकवानपुर । मकवानपुरमा सोमबार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  कुल १ सय ८६ जनाको स्वाब संकलन गरी एन्टिजेन र पिसीआर प्रविधिबाट परिक्षण गर्दा ५४ जना महिला र ५७ जना पुरुषमा संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईंले जानकारी दिए ।

संक्रमण पुष्टि हुनेमा बाहिरी जिल्लाका २ जनासहित मकवानपुरका १ सय ९ जनामा रहेका छन् ।  मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा सबैभन्दा बढी १ सय जनामा संक्रमण देखिएको छ भने मकवानपुरगढी गाउँपालिकाका ४ जना, मनहरी गाउँपालिकाका ५ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै हेटौँडा उपमहानगरपालिका वडा नम्बर–५ का २९ जना, हेटौंडा–४ का १९ जना, हेटौंडा–६ का १० जना, हेटौंडा–१ का ६, हेटौंडा–२ का ८ जना, हेटौंडा–७ का १ जना, हेटौंडा–८ का ५ जना, हेटौंडा–९ का ९ जना, हेटौंडा–१० का ७ जना, हेटौंडा–११ र १२ का २÷२ जना, हेटौंडा–१९ का १ जनामा संक्रमण पुष्टि भएको छ भने हेटौंडा घर भएका अर्का एक जना संक्रमितको भने वडा खुल्न सकेको छैन् । मकवानपुरमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण दर ६० प्रतिशत रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप