सर्वोत्तम सिमेन्टद्वारा सुनवल अस्पतालका लागि मेडिकल उपकरण हस्तान्तरण
काठमाडौं । सर्वोत्तम सिमेन्टले सामाजिक उत्तरदायित्व पुरा गर्दै सुनवल नगरपालिका स्थित अस्पतालका लागि अत्यावश्यक मेडिकल उपकरणहरु हस्तान्तरण गरेको छ ।
कम्पनीका नारायण प्रसाद पाण्डेयले सुनवल नगरपालिकाका नगर प्रमुख भिम बहादुर क्षेत्री तथा उप–प्रमुख दधिराम अर्याललाई उक्त उपकरणहरु हस्तान्तरण गरेका हुन् ।
कम्पनीले १० सेट बेड, इ.सी.जी. मेशिन तथा १० थान अक्सीजन फ्लो मिटर लगायत आई.सी.यू. कक्षलाई आवश्यक पर्ने अन्य विभिन्न उपकरणहरु प्रदान गरेको हो । अहिलेको यस अप्ठ्यारो परिस्थितिमा उक्त उपकरणहरूले सुनवल नगरपालिको स्वास्थ्य व्यवस्थामा थप सहयोग पुर्याउने विश्वास कम्पनीले लिएको छ ।
कम्पनीका ब्रान्ड म्यानेजर गोपाल शारदाका अनुसार सर्वोत्तम सिमेन्ट अत्याधुनिक युरोपियन भी.आर.एम. प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो सिमेन्ट उद्योग हो ।
आइ.एस.ओ. ९००१ गुणस्तर प्रमाणित, १४००१ वातावरण–मैत्री प्रमाणित र नेपाल गुणस्तर प्रमाणित समेत भएको कम्पनीले ग्रिन सर्वोत्तम ओ.पी.सी र सौरभ ग्रिन पी.पी.सी. नामक ब्रान्डका सिमेन्टहरु नेपालभर सर्वत्र बिक्री वितरण गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान शुभारम्भ
-
सिटिजन्स बैंक १८औँ वर्षमा प्रवेश, स्मार्ट बचत खातामा आकर्षक सुविधा
-
ऐसले फर्निचर शोरुम अब नेपालमा
-
३३ जनाले लिए काठमाडौँ महानगरभित्रका अस्पतालबाट निःशुल्क उपचार सेवा
-
‘पुजार सार्की’को गीत ‘दर्शन गरेँ‘मा आर्यन, प्रदीप र पलको कौडा नृत्य
-
राजेन्द्र लिङ्देनलाई बालेनले तोके जरिवाना