बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

महामारीको एक वर्षपछि लाओसमा कोरोनाका कारण पहिलो मृत्यु

सोमबार, २७ वैशाख २०७८, १३ : ३१
सोमबार, २७ वैशाख २०७८

कोरोना महामारी सुरु भएको एक वर्ष बढी भइसक्यो, यस्तोमा दक्षिणपूर्वी एशियाली देश लाओसमा कोभिड–१९ का कारण पहिलो मृत्यु भएको राज्य सञ्चालित भियानटियानी टाइम्सले जानकारी दिएको छ ।

लाओसको राजधानी भियानटियानीमा अवस्थित भियत्नामिज क्यारिओके क्लबका ५३ वर्षकी कर्मचारीको कोरोनाका कारण मृत्यु भएको कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि गठन कार्यदलले आइतबार जानकारी दिएको छ ।

भियानटियानी टाइम्सका अनुसार ती महिलाको मधुमेह तथा अन्य स्वास्थ्य समस्याका कारण स्वास्थ्य अवस्था जटिल बनेको थियो ।

गत अप्रिल १४ मा नयाँ वर्षको बिदापछि लाओसमा कोभिड–१९ संक्रमण बढिरहेको देखिएको छ ।

शनिबारसम्म लाओसमा १२ सय ३३ जना कूल संक्रमित भेटिएका थिए । अघिल्लो महिना कूल संक्रमितको संख्या ११ सय ८४ रहेको जोन होप्किन्स युनिभर्सिटीको डाटामा उल्लेख छ । शनिबार एकैदिन २८ जना नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो समयमा लाओसमा ज्येष्ठ नागरिक भाइरसद्वारा ग्रसित भइरहेका छन् र उनीहरुको स्वास्थ्य अवस्था पनि निकै जटिल बन्ने गरेको लाओसको स्वास्थ्य मन्त्रालयका उपमहानिर्देशक बौआथेप फाउमिनले आइतबारको पत्रकार सम्मेलनमा जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप