देउवाको नेतृत्वमा सरकार गठन गर्न हस्ताक्षर पुगेको दावी, राष्ट्रपतिसमक्ष मागदावी प्रस्तुत गरिँदै
नेपाली काँग्रेसले प्रतिनिधिसभामा आज प्रधानमन्त्री केपी शर्मा ओलीले लिन लागेको विश्वासको मत असफल हुने निष्कर्ष निकालेको छ । यससँगै ओली सरकार ढल्ने भएसँगै काँग्रेस पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउने सहमति जुटेको छ।
काँग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच सोमबार मध्यान्ह भएको छलफलमा ओलीले विश्वासको मत नपाउने निश्चित भएकाले अब काँग्रेसको नेतत्वमा सरकार बनाउने यसअघि कै सहमतिलाई अनुमोदन गरिएको नेता रमेश लेखकले रातोपाटीलाई बताए । त्यसका लागि बहुमत सांसदको हस्ताक्षर पुगिसकेको र संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मागदाबी प्रस्तुत गरिने उनको भनाइ छ।
‘प्रधानमन्त्रीको अविश्वास प्रस्ताव फेल हुने सूचना आइसक्यो, विश्वासको मत फेल हुनेबित्तिकै राष्ट्रपतिसँग बहुमतको सरकार निर्माणका लागि मागदाबी प्रस्तुत हुनेछ’, लेखकले भने । उनले काँग्रेसबाट सभापति देउवा नै प्रधानमन्त्रीको उम्मेदवार भएको उनले स्पष्ट पारे ।
काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले नयाँ सरकार गठनका लागि अवश्यक हस्ताक्षर पुगिसकेको दावी गरे । ‘प्रचण्ड र देउवाको छलफलबाट संविधानको धारा ७६(२) अनुसार अगाडि बढ्ने समझदारी जुटिसकेको छ। हामीलाई विश्वास छ राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार निर्माणका लागि आह्वान गर्नुहुन्छ ।’
देउवालाई माओवादीसित जसपा र नेपाल पक्षले समेत सघाउने बताइएको छ । नेपाल समूहको आजै बसेको बैठकले नयाँ सरकार निर्माणमा सघाउने निष्कर्ष निकालेको थियो । सोही अनुसार नेपाल पक्षका सांसदले राजीनामा दिएका छैनन् भने ओलीलाई विश्वासको मत नदिने निर्णय गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्युनिसियाको पोस्टमा बेल्जियमको गोल वर्षा
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता
-
आज राति १५ वर्षपछि भेट्दै छन् चिली र पोर्चुगल
-
दैलेखमा अतिक्रमित संरचना शीघ्र हटाउने विषयमा जुट्यो सहमति
-
रास्वपा सुनसरीको अधिवेशनमा हात हालाहाल
-
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो – प्रधानमन्त्री बालेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण