अक्सिमिटरको कालोबजारी गर्ने एक जना पक्राउ
सोमबार, २७ वैशाख २०७८, १३ : ०२
धनुषाको जनकपुर उपमहानगरपालिका–९ बाट प्रहरीले अक्सिमिटरको कालोबजारी गर्ने सर्जिकल स्टोरका संचालकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बिनिता सर्जिकल स्टोरका संचालक ३० वर्षीय भुपनारायण शाह छन् ।
सिरहाको शुखिपुर नगरपालिका घर भएका शाहले जनकपुरस्थित बाह्रविगाहामा सर्जिकल स्टोर संचालन गरेका छन् ।
१ हजार ७ सय पर्ने पल्स अक्सिमिटर ३ हजारसम्ममा बेच्ने गरेको सुराकको आधारमा शाहलाई पक्राउ गरिएको धनुषाका एसपी प्रकाश रानाभाटले रातोपाटीलाई बताए ।
प्रहरीले सो स्टोरबाट २८ थान पल्स अक्सिमिटर बरामद गरेको छ ।
शाहलाई कालोबजारी र संक्रामक रोग ऐन–२०२० अनुसार प्रमुख जिल्ला अधिकारीबाट म्याद लिएर थप अनुसन्धान गरिने एसपी रानाभाटले बताए ।