शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमण रोक्न चीनले सगरमाथामा ‘सेपरेशन लाईन’ बनाउने

सोमबार, २७ वैशाख २०७८, १२ : ५८
सोमबार, २७ वैशाख २०७८

नेपालबाट चढेका पर्वतारोही र तिब्बतबाट चढेका पर्वतारोहीबीच शिखरमा घुलमिल र सम्पर्क नहोस् भनेर चीनले सगरमाथाको शिखरमा ‘लाईन अफ सेपरेशन’ बनाउने भएको छ । चिनियाँ सञ्चारमाध्यमले आइतबार यसको जानकारी दिएका हुन् । 

अप्रिलको अन्त्य यता, नेपालतर्फ सगरमाथाको बेस क्याम्पमा पनि कोरोना संक्रमणका घटना देखिएका छन् । यद्यपि, नेपालले अहिलेसम्म पर्वतारोहण स्थगित गरेको छैन । त्यसैले नेपाल तर्फबाट शिखर चढ्ने पर्यटकहरूसँग तिब्बत तर्फबाट शिखर चढ्नेहरूको भेटघाट नहोस् भन्नका लागि चीनले नियन्त्रण रेखा तय गर्न लागेको हो । 

शिखरमा निकै सानो भूभाग भएकाले सेपेरेशन लाईन तय गर्न र त्यसको पालना गर्न मुस्किल हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । ८ हजार ८ सय ४८ मिटरको सगरमाथाको शिखरमा आधा र्दजन पर्वतारोही र गाइड एकै समय बस्नसक्ने स्पेस पनि छैन ।  

नेपाल र तिब्बतगरी दुई तर्फबाट चढेका पर्वतारोहीबीच शिखरमा भेट नहोस् भनेर यस्तो गर्न लागिएको सिनुवा न्युज एजेन्सीले तिब्बतका खेलकुद ब्युरो प्रमुखलाई उद्धृत गर्दै जनाएको छ ।  

२१ जना चिनियाँहरूको तिब्बत तर्फबाट शिखरतर्फ बढिरहेको पनि सिनुवाले जनाएको छ ।  

शिखरमा पुग्नुअघि तिब्बती गाइडहरूले सेपेरेशन लाईन बनाउने सिनुवाले जनाएको छ, तर यो लाईन कस्तो देखिन्छ भन्ने स्पष्ट छैन । विशेषगरी ‘डेथ जोन’ मा कसरी गाइडहरूले यसको पालना गराउनेछन् भन्ने विषय पनि स्पष्ट छैन, यस क्षेत्रमा अक्सिजनको कमीका कारण धेरैको ज्यान जाने गरेको छ । 

चीनले कोभिड १९ सुरु भएयता संक्रमणको चिन्ताका कारण कुनै पनि विदेशी आरोहीलाई आरोहणको अनुमति दिएको छैन । आइतबार चीनमा १२ जनामा संक्रमण देखिएको थियो, यी सबै संक्रमित विदेशबाट आएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप