शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

नेपाल पक्षको निर्णयपछि सिंहदरबारमा प्रचण्ड र देउवाबीच छलफल

सोमबार, २७ वैशाख २०७८, १२ : ४९
सोमबार, २७ वैशाख २०७८

काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच सोमबार मध्यान्ह भेटवार्ता भएको छ । सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा दुई नेताबीच छलफल भएको हो । 

एमालेको माधव नेपाल पक्षले ओलीलाई विश्वासको मत नदिने र संसद बैठकमा पनि सहभागी नहुने निर्णय गर्दै काँग्रेस–माओवादीको गठबन्धनलाई ओली सरकार ढाल्न सघाउने निष्कर्ष निकालेपछि अब नेपाल समूहसँग सहकार्य कसरी बलियो बनाउने भन्नेबारे देउवा र प्रचण्डबीच छलफल भएको नेता वर्षमान पुनले बताए । 

बैठकमा आजको संसद बैठकमा काँग्रेस र माओवादी एकमत भएर ओलीको विपक्षमा प्रस्तुत हुने निर्णय पनि भएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप