शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमित सांसदहरुलाई छुट्टै टेन्टको व्यवस्था

संक्रमित सांसद भन्छिन् : दोस्रो दर्जाको नागरिक महसुस भयो
सोमबार, २७ वैशाख २०७८, १२ : २५
सोमबार, २७ वैशाख २०७८

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संघीय संसदमा विश्वासको मत लिँदैछन् । आज बस्ने बैठक अघि सांसद तथा संसदका कर्मचारी, सुरक्षाकर्मी तथा सांसदहरुको पीसीआर परीक्षण गरिएको थियो । जसमा दुई दर्जनभन्दा बढी सांसदहरु संक्रमित रहेको पाइएको थियो ।

विश्वासको मत दिनका लागि संक्रमित सांसदहरुलाई संसद भवनमा छुट्टै व्यवस्था गरिएको छ । भवनबाहिर टेन्ट टाँगेर संक्रमित सांसदहरुलाई राखिएको छ ।

विश्वासको मत दिन संसद भवन पुगेकी एमाले सांसद माया देवी ज्ञवालीले कोरोना महामारीले देश आक्रान्त भएको बेला एक जुट भएर लाग्नुपर्ने बेला यो तरिका ठीक नभएको प्रतिक्रिया दिएकी छन् । ‘बेला न कुबेला जनतालाई दुःख’ उनले भनिन्, ‘आफ्नो  रिपोर्ट पोजेटिभ भएकाले दोस्रो दर्जाको नागरिक जस्तो भएको महसुस गरेको छु ।’

संक्रमित सांसदहरुलाई ल्होत्से हलको दक्षिण पट्टी बस्न लागि ठाउँ छुट्टयाइएको छ । उनीहरुलाई मतदानको समय भएपछि ल्होत्से हलभित्र भोट हाल्ने व्यवस्था मिलाएको संसद सचिवालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप