बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमणबाट कुशेश्वर उच्चमाविका पूर्व प्रधानाध्यापकको निधन

सोमबार, २७ वैशाख २०७८, ११ : ५७
सोमबार, २७ वैशाख २०७८

रामेछापको वेथानस्थित कुशेश्वर उमाविका पूर्व प्रधानाध्यापक बद्री कुमार खड्काको कोरोना भाइरस संक्रमणबाट  निधन भएको छ ।

सोमबार काठमाडौंको सुकेधारास्थित फेमिली कम्युनिटी अस्पतालमा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएका छन् ।

लामो समय शिक्षण पेशामा संलग्न खड्का अवकाशपछि सुनापती गाउँपालिका–५ स्थित डाँसेमा रहेको घरमा बस्दै आएका थिए । केही दिनअघि काठमाडौंमा विवाहमा सहभागी हुँदा उनलाई कोरोना संक्रमण भएको थियो । 

संक्रमणपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप