शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

माफी योग्य छैन कोरोनामा मोदीले चालेको कदम : लान्सेन्ट

सोमबार, २७ वैशाख २०७८, ११ : ४३
सोमबार, २७ वैशाख २०७८

बेलायतको प्रतिष्ठित स्वास्थ जर्नल द लान्सेन्टले भारत सरकारले दोस्रो लहरको चेतावनीलाई बेवास्ता गरेकाले अहिलेको अवस्था निम्तिएको ठहर गरेको छ । जनतालाई ढुक्क रहन प्रोत्साहित गरेको र कोभिड १९ को तथ्याङ्कलाई लिएर पारदर्शी नबनेको आरोप जर्नलले लगाएको छ । 

प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले देखाएको प्रतिक्रिया ‘अक्षम्य’ नरहेको यस प्रकाशन गृहले जनाएको छ । 

भारतमा अहिले कोभिड १९ महामारी उच्चमा छ । आइतबार यहाँ एकैदिन ४ लाख ३७ हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भयो । भारतमा लगातार चौथो दिन ४ लाखभन्दा धेरैमा संक्रमण पुष्टि भएको हो, यहाँ अहिलेसम्म २ करोड २० लाखभन्दा धेरैमा संक्रमण पुष्टि भइसकेको छ । 

यहाँ ९ लाखभन्दा धेरै कोभिड १९ बिरामी अक्सिजनको सपोर्टमा छन् । जो, सक्रिय संक्रमितको झन्डै एक चौथाई हो । स्वास्थ मन्त्री हर्ष बर्धनका अनुसार  १ लाख ७० हजार जना भेन्टिलेटरमा छन् । 

जोन हप्किन्स विश्वविद्यालयका अनुसार भारतमा पोजेटिभिटी दर झन्डै २२ प्रतिशत छ, जसको अर्थ परीक्षणको दायरामा धेरैलाई ल्याउन सकिएको छैन । 

आइतबार ४ हजार ९२ जनाले ज्यान गुमाएका छन् । भारतमा एकैदिन ४ हजारभन्दा धेरैले ज्यान गुमाएको यो दोस्रो पटक हो । भारतमा कुल २ लाख ४२ हजार ३ सय ६२ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । 

‘अक्षम्य कदम’
लान्सेन्टका अनुसार भारतले सुरुमा सफलता हासिल गरेपनि कोरोना नियन्त्रण गर्नुपर्ने समय खेर फाल्यो । देशले कोरोना युद्ध जितेजस्तो गर्नु सरकारको कमजोरी रह्यो। इसले मानिसलाइ ढुक्क बनायो र पर्याप्त तयारी भए । देशको खोप लगाउने अभियान पनि ढिला भयो । ठूला कार्यक्रमले कोरोना फैलाउने खतरा र चेतावनीका बाबजुद धार्मिक महोत्सव र राजनीतिक ¥यालीहरु आयोजना भइरहे । 

त्यस्तै, सरकारले अनलाईनमा भएका आलाचनात्मक बहसलाई पनि नियन्त्रण गर्न खोज्यो, ट्वीटलाई कोभिड १९ बारेको ट्वीट हटाउन भनियो । मोदीको आलोचना गर्नेहरुलाई पनि नियन्त्रण गरियो । 

‘ संकटको समय आलोचना र खुला बहसलाई नियन्त्रण गर्ने मोदीको कदम अक्षम्य छ,’ सम्पादीकयमा भनिएको छ । 

भारतले खोपको आपुर्ति र यसको समान वितरण प्रणाली निर्माणका लागि गृहकार्य गर्नुपर्ने सुझाव लान्सेन्टले दिएको छ । स्वास्थ मन्त्रालयका अनुसार शनिबार साँझसम्म ३ करोड ५० लाख मानिसले मात्रै आफ्नो दोस्रो डोज लगाएका छन् । अर्थात्, भारतको कुल जनसंख्या १ अर्ब ३० लाखमध्ये केवल २ दशमलव ७ प्रतिशतले मात्रै पूर्ण रुपमा खोप लगाएका छन् । 

सम्पादकीयमा भारतले कोरोनाको वास्तविक तथ्याङ्क प्रकाशित गर्नुपर्ने पनि उल्लेख छ । परीक्षण दर बढाउनुपर्ने र सर्वसाधारणलाई मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने, भीडभाड बन्द गर्ने र क्वारेन्टाइनमा बस्नुको आवश्यकता बुझाउनुपर्ने सम्पादकीयमा उल्लेख छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप