प्रदेश १ मा पछिल्लो १२ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु

प्रदेश १ मा पछिल्लो १२ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
बुढी गङ्गा गाउँपालिकाको विराट मेडिकल कलेजमा तीन, विराटनगरको नोबेल मेडिकल कलेजमा ३, सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पाँच र न्युरो अस्पतालमा एक सङ्क्रमितको मृत्यु भएको हो ।
न्युरो अस्पतालमा विराटनगर महानगरपालिका–११ की ६७ वर्षीया वृद्धाको बिहान ५ः५० बजेतिर मृत्यु भएको छ । पीसीआर परीक्षण गराउँदा कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि आइतबार अस्पताल भर्ना गरिएको थियो । अस्पतालका अनुसार मृतकमा श्वासप्रश्वासको समस्या पनि थियो ।
त्यस्तै, विराटमा विराटनगर–११ का ४६ वर्षीय सङ्क्रमित पुरुषको बिहान ७ः५५ बजेतिर मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि उपचारका लागि वैशाख २० गते भर्ना गरिएका उनको उपचारकै क्रममा आइसोलेसनमा उनको मृत्यु भएको विराटका कोभिड अस्पताल इञ्चार्ज सुनिल देवले जानकारी दिए ।
यसैगरी, विराटनगर–१३ की ७८ वर्षीया वृद्धा महिलाको पनि विराटमै मृत्यु भएको छ । कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएर स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि वैशाख १७ गते अस्पताल भर्ना गरिएको थियो । उनको बिहान ५ः१५ बजेतिर मृत्यु भएको हो ।
उता, सुनसरीको दुहवी नगरपालिका–११ का ३८ वर्षीय पुरुषको पनि विराटमै उपचारका क्रममा मृत्यु भएको छ ।
कोभिड अस्पताल इन्चार्ज देवका अनुसार बिहान ५ः३० बजेतिर उनको मृत्यु भएको हो । उनलाई उपचारका लागि वैशाख १९ गते अस्पतालमा भर्ना गरिएको थियो ।
विराटनगरकै नोबेल मेडिकल कलेजमा सुनसरीको बराहक्षेत्र नगरपालिका–११ की ३५ वर्षीया महिलाको बिहान ५ बजेतिर मृत्यु भएको छ । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार कोरोना पुष्टि भएकी उनलाई वैशाख २४ गते अस्पताल भर्ना गरिएको थियो ।
त्यस्तै, सिरहाको भवानीपुर– ४ का ५० वर्षीय पुरुषको पनि उपचारका क्रममा बिहान ५ः१५ बजेतिर नोबेलमै मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि वैशाख २४ गते भर्ना गरिएको थियो ।
यस्तै, नोबेलमा धनकुटाको मारेकटहरेकी २४ वर्षीया कोरोना संक्रमित महिलाको पनि उपचारको क्रममा मृत्यु भएको छ ।
उता, सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुद्रण व्यवसायी विष्णु खतिवडाको आइतबार बेलुका ७ बजे मृत्यु भएको हो ।
विराटनगर–८ का ५६ वर्षीय खतिवडालाई वैशाख १० गते कोरोना पोजेटिभ देखिएको थियो । नोबेल मेडिकल कलेज हुँदै उनलाई सोही दिन विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो । संक्रमित भएपछि निमोनिया भएको र त्यसकै कारण उनको निधन भएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका सहप्रवक्ता डा.चुरामणी पोखरेलका अनुसार प्रतिष्ठानमा उपचाररत झापा विर्तामोड– ५ का ६२ वर्षीय पुरुष र इटहरी उपमहानगरपालिका–२ का ५८ वर्षीय पुरुषको पनि आइतबार राति मृत्यु भएको छ । उनीहरु दुबैको राति १० बजे मृत्यु भएको थियो ।
यस्तै, मोरङको ग्रामथान–५ बस्ने ५० वर्षीय पुरुष र धरान–१६ बस्ने ४१ वर्षीय पुरुषको पनि आइतबार राति नै प्रतिष्ठानमा मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यामल र राफिन्हा चम्किएसँगै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनल प्रवेश
-
साउदी वार्ता : युक्रेन ३० दिने युद्धविरामका लागि अमेरिकी प्रस्ताव मान्न तयार
-
क्यानाडालाई स्टील र आल्मुनियममा ५० प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
-
पेरिस पुगेर फ्रान्सेली नागरिकलाई पर्यटनमन्त्री पाण्डेलेले दिए नेपाल भ्रमणको निम्तो
-
स्ववियु निर्वाचन : देशभर अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता, काठमाडौंमा शङ्करदेवसहित ७ क्याम्पसमा विवाद
-
१२ बजे, १२ समाचार : राष्ट्रिय सुरक्षा चुनौतीबारे प्रधानमन्त्री ओलीको चिन्तादेखि चैते धानको मूल्य निर्धारणसम्म