बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पीएसजीको उपाधि होडमा धक्का

सोमबार, २७ वैशाख २०७८, १० : ५०
सोमबार, २७ वैशाख २०७८

रेनेससँग बारबरीमा रोकिएपछि लिग वानमा पेरिस सेन्ट जर्मेनको उपाधि होडमा धक्का लागेको छ । आइतबार भएको खेलमा पीएसजी १–१ को बराबरी खेल्न बाध्य बन्यो ।
 

नेयमारले पहिलो हाफको इन्जुरी समयमा पेनाल्टीमार्फत पीएसजीलाई अग्रता दिलाएका थिए । लेयभिन कुरजावामाथि फल हानेपछि भीएआरको सहायताले पीएसजीले पेनाल्टी पाएको थियो । तर, दोस्रो हाफको ७० औँ मिनेटमा सेरहोउ गुइरासीले बराबरी गोल फर्काए ।

खेलको ८७ औँ मिनेटमा प्रेसनेल किम्पेम्बेले रातो कार्ड खाएपछि पीएसजी १० खेलाडीमा सीमित बनेको थियो । बराबरीपछि पीएसजी शीर्ष स्थानमा रहेको लिलभन्दा तीन अंकले पछि परेको छ । अब लिगमा दुई खेलमात्र खेल्न बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप