बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

रियलले शीर्ष स्थानमा उक्लने मौका गुमायो

सोमबार, २७ वैशाख २०७८, १० : ३३
सोमबार, २७ वैशाख २०७८

सेभियासँगको २–२ गोलको बराबरीपछि रियल म्याड्रिडले स्पेनिस ला–लिगाको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । खेल अवधिभर सेभियाले रियललाई दबाबमा राखेको थियो ।

फर्नान्डोले २२ औं मिनेटमा गोल गर्दै सेभियालाई पहिलो हाफमा अग्रता दिलाए । दोस्रो हाफमा मार्को एसेन्सियो ६७ औं मिनेटमा रियलबाट बराबरी गोल फर्काए । तर त्यसको ११ मिनेटपछि इभान राकिटिचले पेनाल्टीमार्फत गोल गर्दै सेभियालाई फेरि अग्रता दिलाए ।

इन्जुरी समयमा इडेन हाजार्डले गोल गरेपछि खेल २–२ गोलको बराबरीमा टुंगियो र रियलको उपाधि जित्ने आशा कायम रह्यो ।

सेभियाविरुद्ध जीत हासिल गरेको भए एथलेटिको म्याड्रिड बराबर अंक जोड्दै हेड टु हेडका आधारमा रियल शीर्ष स्थानमा उक्लने थियो ।

लिगमा अन्तिम ३ खेल बाँकी छँदा शीर्ष स्थानको एथलेटिकोले  ७७ र रियलको ७५ अंक छ । तेस्रो स्थानको बार्सिलोनाको पनि ७५ अंक नै छ । बार्सा हेड टु हेडका आधारमा रियलभन्दा पछि छ । चौथो स्थानको सेभियाको ७१ अंक  छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप