डकैती गर्न कुटपिट गर्दा १ जनाको मृत्यु, ३ जना पक्राउ
सुनसरीको धरान उपमहागरपालि–१५ स्थित पूर्वेली पथमा कुटपिट गरेर डकैती गर्दा एकजनाको मृत्यु भएको छ । ३ जनाको समुहमा रहेका लुटेराको आक्रमणबाट पूर्वेली पथमा बस्ने ८४ वर्षीया गोविन्दमाया विश्वकर्माको मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
वैशाख ११ गते शनिबार विश्वकर्माको घरमा ३ जना लुट्न गएका थिए । लुटेराको कुटपिटबाट घाइते भएकी गोविन्दमायाको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा वैशाख १९ मा मृत्यु भएको हो ।
लुटपाट र हत्यामा संलग्न मोरङ घर भएका वीरबहादुर परियार उर्फ सन्तोष, ३५ वर्षीय सोनी राई र धरान घर भएकी २९ वर्षीया लक्ष्मी लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ । धारिलो हतियारले गोविन्दमायालाई हिर्काएर उनीहरुले ११ लाख ४० हजार बराबरको गहना र नगद लुटेको धरानका डीएसपी ज्ञानेन्द्र बस्नेतले रातोपाटीलाई बताए ।
वैशाख ११ गते बिहान छोरा बुहारी पूजा गर्न निस्केको बेला घरमा पसेको सो समूहले गोविन्दमायालाई कुटेर डकैती गरेका थिए । उनीहरुमाथि डाँका र ज्यान मुद्दामा म्याद लिएर थप अनुसन्धान भइरहेको डिएसपी बस्नेतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'अस्तिभन्दा हिजो' भिडियोमा सम्राट्को एकल अभिनय
-
चार केजी गाँजा र तीन लाख नगदसहित एक युवती पक्राउ
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
बागमती प्रदेशमा धान उत्पादन घट्यो
-
इन्साइडर ट्रेडिङविरुद्ध बोर्डको ‘एक्सन’पछि सकारात्मक छैन सेयर बजार
-
थोरै सङ्ख्यामा पशु पालेरै मासिक एक लाख बढी आम्दानी