बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या घट्यो

लन्डन । बेलायतमा लकडाउन खुल्नको लागि ठिक एकसाता बाँकी रहँदा कोरोना संक्रमण दर र मृत्यु दरमा निरन्तर कमी आएको छ । आइतबार सार्वजनिक तथ्याँकअनुसार पछिल्लो २४ घन्टामा मात्र दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख २७ हजार ६०५ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा १ हजार ७७० जनामा कोरोना संक्रमण पुष्टि भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । नयाँ संक्रमितसँगै बेलायतमा कोरोना संक्रमितको संख्या ४४ लाख ३४ हजार ८६० पुगेको छ । बेलायतमा हाल सक्रिय संक्रमितको संख्या ५९ हजार ४४ छ भने ४२ लाख ४८ हजार ११ संक्रमित निको भइसकेको वर्ल्डओमिटरको तथ्याँकमा उल्लेख छ ।
५३ लाख ४१ हजार डोज खोप वितरण
बेलायतमा हालसम्म खोपको पहिलो र दोस्रो गरि कुल ५ करोड ३० लाख ४१ हजार ४८ डोज खोप वितरण भएको छ । जसमध्ये ३ करोड ५३ लाख ७१ हजार ६६९ जनाले पहिलो डोज र एक करोड ७६ लाख ६९ हजार ३७९ जनाले खोपको दोस्रो डोज लगाएका छन् ।
हालसम्म कोरोनाभाइरस महामारीबाट विश्वभर मृत्यु हुनेको संख्या ३३ लाख नाघेको छ । कोभिड संक्रमणबाट संयुक्तराज्य अमेरिकामा ५ लाख ९५ हजार, ब्राजिलमा ४ लाख २१ हजार, भारतमा २ लाख ४५ हजार, मेक्सिकोमा २ लाख १८ हजार, बेलायतमा १ लाख २७ हजार, इटालीमा १ लाख २२ हजार, रसियामा १ लाख १३ हजार, फ्रान्समा एक लाख ६ हजारको मृत्यु भएको छ ।
सरकारको पूर्व निर्धारित समयअनुसार नै आउँदो मे १७ बाट इङ्ग्ल्यान्डमा लकडाउन खोलिने भएको छ । लकडाउन खोल्ने सम्बन्धमा बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार साँझ प्रष्ट पार्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाशिवरात्रि : आकर्षक बनाइँदै पशुपति क्षेत्र
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने