आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

भारतमा कोरोना संक्रमणबाट राज्यसभा सांसदको मृत्यु

आइतबार, २६ वैशाख २०७८, २३ : १४
आइतबार, २६ वैशाख २०७८

एजेन्सी । भारतका राज्यसभा सांसद रघुनाथ महापात्रको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । सांसद रघुनाथको आइतबार मृत्यु भएको हो । कलाकार समेत रहेका उनलाई केही दिनअघि कोरोना संक्रमण पुष्टि भएपछि दिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा निधन भएको हो । 

कला क्षेत्रमा समेत निकै राम्रो दखल राख्ने रघुनाथले सन् १९७६ सालमा पद्मश्री, सन् २००१ म पद्म भूषण, सन्२०१३ मा पद्म विभूषणबाट सम्मानित भएका थिए । सांसद महापात्रको निधनप्रति भारतीय राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी शोक प्रकट गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप