अमेरिकाको मेरिल्याण्डमा गोली चल्यो, एक नेपालीसहित ४ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको मेरिल्याण्डमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा चार व्यक्तिको मृत्यु भएको छ । मेरिल्याण्डको बाल्टीमोर काउन्टीमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा एक नेपालीसहित चार जना मारिएका स्थानीय प्रशासनले पुष्टि गरेको छ । मारिने अन्य व्यक्तिहरू ल्याटिन अमेरिकी रहेका पनि बुझिएको छ ।
नेपाली समुदायका अनुसार अन्दाजी २६ वर्षका सागर घिमिरेको मृत्यु भएको हो। घिमिरे छात्रवृतिमा अध्ययन गर्न अमेरिका आएका थिए ।
बन्दुकधारीले अर्का नेपाली श्याम अधिकारीलाई पनि गोली हानेका थिए । संयोगवस अधिकारी बाँचेका थिए भने उनको अस्पतालमा उपचार भै रहेको छ ।
बाल्टिमोर काउन्टी प्रहरीले आक्रमण गर्ने व्यक्ति ५६ वर्षीय एभर्टन ब्राउन भएको र उक्त व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिने क्रममा गोली लागि मृत्यु भएको बताइएको छ ।
मानसिक रोगी रहेको उक्त आक्रमणकारीले ग्यास खोलेर आफ्नै घरमा समेत आगो लगाएपछि अन्धाधुन्ध गोली प्रहार गरेको बताइएको छ । आगलागीका कारण छिमेकमा रहेका अन्य दुई घरमा पनि सामान्य क्षति भएको छ । -एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : अग्रज पत्रकार भैरव रिसालको निधनदेखि तीनकुने घटनाबारे प्रधानमन्त्री र गृहमन्त्रीको फरक-फरक भनाइसम्म
-
स्वास्थ्य संस्थाहरूमा औषधि अभाव
-
गरुड पुराण लगाउने पण्डित बन्न आएका भैरव रिसाल कम्युनिस्ट र पत्रकार बने
-
तीन वर्षभित्र १३ लाख धनीपुर्जा वितरण गरिन्छ : अध्यक्ष रिजाल
-
शंकर पोखरेलको प्रश्न : प्रचण्डको उर्दी कतै हलो अड्काएर गोरु चुट्ने त होइन ?
-
‘आलु गाउँ’ हेम्जामा राष्ट्रिय आलु महोत्सव