शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात गरेको आरोप

आइतबार, २६ वैशाख २०७८, २२ : ३४
आइतबार, २६ वैशाख २०७८

जनकपुर । धनुषाको एक स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीबीच विवाद हुँदा कर्मचारीमाथि हातपात भएको छ । धनुषाको औरही गाउँपालिकाका अध्यक्ष ब्रम्हदेव यादवले प्रमुख प्रशासकीय अधिकृत सुवोधकुमार ठाकुरमाथि हातपात गरेका हुन् ।

स्थानीय तहमा उपभोक्ता समितिमार्फत भएको कामको भुक्तानी सम्बन्धी विवाद बढेपछि गाउँपालिका अध्यक्षले प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात गरेको पीडित पक्षको भनाइ छ । अध्यक्ष यादवले बजेट निकासाका लागि गरेको आग्रहलाई प्रमुख प्रशासकीय अधिकृतले बेवास्ता गरेपछि भनाभन भएको बताए । तर आफूले प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात नगरेको उनको भनाइ छ । उनले भने, ‘मैले कसैमाथि हातपात गरेको छैन ।’

गाउँपालिकामा ४÷५ महिनापूर्व स्थानीय रमानन्द पाण्डेय, मो. सबुर शेख, मो. रजाक राईन लगायतकाले उपभोक्ता समितिमार्फत गरेका निर्माण कार्यको करिब ६० लाख रुपैयाँ भुक्तानी बाँकी रहेको र सो भुक्तानी गरिदिन आफूले आग्रह गर्दा प्रमुख प्रशासकीय अधिकृतले बेवास्ता गरेपछि भनाभन भएको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप