शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमितको लागि वीरेन्द्रनगरले तीन एम्बुलेन्स सञ्चालनमा ल्याउँदै

आइतबार, २६ वैशाख २०७८, २१ : २८
आइतबार, २६ वैशाख २०७८

कोरोना संक्रमितको “हटस्पट” बनेको कर्णाली प्रदेश राजधानी समेत रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले तीनवटा एम्बुलेन्स सञ्चालनमा ल्याउने भएको छ ।  नगरक्षेत्र भित्रका कोरोना संक्रमितको उद्दार गर्न तीनवटा एम्बुलेन्स संचालनमा ल्याउने भएको हो । 
कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको सन्दर्भलाई मध्यनजर गर्दै आइतबार बसेको आकस्मिक बैठकले कोभिड एम्बुलेन्स व्यवस्थापनका लागि विभिन्न ६ वटा निर्णय गर्दै एम्बुलेन्स सञ्चालनमा ल्याउने भएको हो । 
सुर्खेत जनस्वास्थ्य कार्यालयका दुई र नगरपालिकाको एक एम्बुलेन्स गरी तीन वटा एम्बुलेन्सले पालै–पालो सेवा दिने गरी उद्दारमा खटिने निर्णयमा उल्लेख छ । उद्दारका लागि छुट्याइएका दुई एम्बुलेन्सले दिनको समयमा र अर्को थप एक एम्बुलेन्स रातिको समयमा उद्दारमा खटिने नगर प्रमुख देवकुमार सुवेदीले जानकारी दिए ।
कोरोना संक्रमण जितेका र परीक्षण नगरेका विरामीलाई भने यी एम्बुलेन्सले बोक्ने छैनन् । एम्बुलेन्स सेवा लिनका लागि विभिन्न तीन वटा सम्पर्क फोन नम्बरहरु छुट्याइएको छ । जसका लागि कटकुवा कोभिड अस्पताल ०८३–५२४४०३, जनप्रतिनिधि र कर्मचारीको सम्पर्कमा आउने बिरामीका लागि ०८३–५२४४०३ नम्बर छुट्याइएको छ भने फोन व्यस्त भएको खण्डमा ९८५८३२०००४ नम्बरमा सम्पर्क गरी एम्बुलेन्स सेवा लिन सकिने नगर प्रमुख सुवेदीले जानकारी दिए ।
नगरपालिका क्षेत्रमा कोराना भाइरस संक्रमण तीव्र रुपमा फैलिए र बिरामीले बेड तथा अक्सिजन नपाएर ज्यान गुमाउनुपर्ने अवस्था आउन थालेपछि शुक्रवार मात्रै नगरपालिकाले आफ्नै २५ शैयाको कोभिड अस्पतालसमेत सञ्चालनमा ल्याई सकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप