बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

कर्णालीमा एक सय ७१ जना संक्रमित थपिँदा २ सय बढी डिस्चार्ज

८ जनाको मृत्यु
आइतबार, २६ वैशाख २०७८, २१ : १९
आइतबार, २६ वैशाख २०७८

पछिल्लो दिनमा कर्णालीमा डिस्चार्ज हुनेको संख्यामा वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा  एक सय ७१ जना कोरोना संक्रमित थपिँदा दुई सय दश जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् ।
पछिल्लो समय कर्णालीमा कोरोना जित्नेको संख्या बढ्न थालेको स्वास्थ्य सेवा निर्देशनालयका सुचना अधिकारी नोदनारायण चौधरीले बताए ।  होम आइसोलेशन र अस्पतालका आइसोलेसनबाट डिस्चार्ज हुनेमा सुर्खेतका एकसय २६, जाजरकोटका ३३, सल्यानका २४, कालिकोटका १३, रुकुमपश्चिमका आठ, डोल्पाका चार र जुम्लाका दुई जना छन् ।
शनिवार मात्रै दुई सय ४६ जनाले कोरोना संक्रमण जितेर घर फर्किएको उनले बताए ।

हाल प्रदेश भर तीन हजार आठ सय ८२ जना संक्रिय संक्रमित रहेका छन् । जसमा होम आइसोलेशनमा तीनहजार पाँचसय ७० जना छन् भने तीन सय १२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । कर्णालीमा पछिल्लो २४ घण्टामा दुई सय ११ जनामा गरिएको पीसीआर परीक्षणमा एकसय ७१ जनामा संक्रमण पुष्टि भएको छ ।  

पछिल्ला केही दिन यता संक्रमित डिस्चार्ज हुने क्रम बढेपनि मृत्यु हुनेको दर पनि  बढिरहेको छ  । पछिल्लो २४ घण्टामा ८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । सुर्खेतका चार जनाको प्रदेश अस्पतालमा, सल्यानका दुई जनाको होमआइसोलेशनमा मृत्यु भएको छ । होम आईसोलेशनमा मृत्यु भएको घटना कर्णालीमा पहिलो हो । यस्तै  मेहलकुना अस्पताल सुर्खेतमा एकजना र दैलेख अस्पतालमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीनजना महिला र बाँकी पुरुष छन् । यो सँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९० पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप