संसदको कार्यसूची: विश्वासको मतबारे सोमबार नै छिनोफानो हुने

काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सोमबार १ बजे बस्दैछ । बैठकले एकै दिनमा विश्वासको मतको छिनोफानो गर्ने कार्यतालिका बनाएको छ ।
सोमबारको बैठकका लागि सम्भावित कार्यसूची सार्वजनिक भएको छ । कार्यसूची सार्वजनिक गर्नुअघि सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक राखेका थिए ।
संघीय संसद सचिवालयका अनुसार सोमबार दिउँसो १ बजे बैठकको सुरुवात गर्दै सभामुख अग्नि सापकोटाले राष्ट्रपति विद्या भण्डारीबाट प्राप्त अधिवेशन आव्हानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् ।
त्यसपछि सभामुखले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम १ बमोजिम अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने कार्यतालिका तय भएको छ ।
सोही दिन अर्को बैठक बस्नेछ र अविश्वास प्रस्तावको छिनोफानो हुने छ । कोरोना संक्रमण भएका सांसदहरुलाई मतदान गर्ने अलग्गै व्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पिकअप भ्यान पल्टिंदा दुई जनाको मृत्यु, २२ जना घाइते
-
चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
निर्माणाधीन एसियाली राजमार्गले निम्त्याएको प्रदूषण नियन्त्रण गर्न स्थानीयको माग
-
सञ्चारकर्मी तथा गीतकार राधिकाको ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत
-
डढेलोले सखाप हुँदै जङ्गल