शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गाडीहरुको आकस्मिक मर्मतका लागि सिप्रदीको टोल फ्री नम्बर सार्वजनिक

आइतबार, २६ वैशाख २०७८, १९ : ५०
आइतबार, २६ वैशाख २०७८

काठमाडौं । सिप्रदी ट्रेडिङले कोरोना महामारी फैलिएसँगै मुलुकमा भएको निषेधाज्ञामा अति आवश्यक गाडीहरूको आकस्मिक मर्मतका लागि टोल फ्री नम्बर सार्वजनिक गरेको छ । 

देशभरि प्रतिदिन बढ्दो कोभिड–१९को दोश्रो लहरको संक्रमण रोकथाम गर्न विभिन्न जिल्ला प्रशासन कार्यालयहरूबाट अति आवश्यक गतिबिधि बाहेक सम्पूर्ण क्रियाकलापहरू निषेध गरी जारी गरिएको आदेशलाई ध्यानमा राख्दै सिप्रदीले अत्यावश्यक सवारी साधनहरुलाई कुनै पनि किसिमको आकस्मिक मर्मत सेवा दिइरहेको जानकारी दिएको छ ।

हाल सिप्रदीबाट एम्बुलेन्स, आकस्मिक स्वास्थ्य सेवा तथा सुरक्षामा खटिएका सवारी साधनहरुलाई सेवा दिइरहेको जानकारी दिएको हो ।

यस आपतकालिन समयमा पनि कुनै पनि ठाउँमा गाडी मर्मत, पार्टपुर्जा, इन्जिन अलावा ब्याट्री सम्बन्धि सेवा चाहिएमा, सिप्रदीको टोल फ्री नम्बरमा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीले टोल फ्री नम्बर १६६००१५५७७७ वा ९८०१५७५७७७ मा सम्पर्क गर्न अनुरोध गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप