पदाधिकारी बैठकको निर्णयले पार्टी विभाजन रोकियो : सांसद कर्ण

काठमाडौँ । जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य लक्ष्मणलाल कर्णले पदाधिकारी बैठकको निर्णयले पार्टी विभाजन रोकिएको बताएका छन् । आज बसेको जसपा पदाधिकारीको बैठकले प्रधानमन्त्री केपी शर्मा अोलीले संसदमा लिने विश्वासको मतमा मतदान नगर्ने निर्णय गरेको छ । तर सांसदले संसदमा आफ्नो विवेक प्रयोग गर्न पाउने निर्णय पनि गरेको छ ।
त्यो निर्णयका कारण पार्टी विभाजनबाट जोगिएको उनले बताए । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री ओलीको विपक्षमा मतदान गर्ने पक्षमा छन् भने अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका नेताहरु तटस्थ बस्ने पक्षमा देखिएका छन् । कुनै एउटा पक्षमा निर्णय गरेर सांसदलाई ह्वीप जारी गरेको भए पार्टी विभाजन हुने सम्भावना नजिक थियो ।
प्रधानमन्त्री ओलीको पक्षमा मतदान नगर्ने तर सांसदले आफ्नो विवेक प्रयोग गर्ने निर्णय गरेपछि पार्टी जोगिएको हो । भोलिको संसदमा तपाईको भूमिका के हुन्छ ? भन्ने जिज्ञासामा उनले आफू कोरोना पोजेटिभ भएका कारण संसदमा उपस्थित नहुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यसरी हुँदै छ शिक्षक र सरकारबिचको ९ बुँदे सहमति कार्यान्वयन
-
वसन्ते मकैखेती : एउटै बोटमा तीनदेखि चारवटासम्म घोगा लागेपछि किसान उत्साहित
-
कक्षा १२ को परीक्षा सुरु, परीक्षा हलभित्र मोबाइल फोन र स्मार्ट घडी लैजान निषेध
-
एमाले सचिवालय बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
-
नवनियुक्त राज्यमन्त्रीको शपथ ग्रहण आज
-
वर्षाले नारायणघाट–बुटवल सडक र कान्ति लोकपथ अवरुद्ध