पदाधिकारी बैठकको निर्णयले पार्टी विभाजन रोकियो : सांसद कर्ण
काठमाडौँ । जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य लक्ष्मणलाल कर्णले पदाधिकारी बैठकको निर्णयले पार्टी विभाजन रोकिएको बताएका छन् । आज बसेको जसपा पदाधिकारीको बैठकले प्रधानमन्त्री केपी शर्मा अोलीले संसदमा लिने विश्वासको मतमा मतदान नगर्ने निर्णय गरेको छ । तर सांसदले संसदमा आफ्नो विवेक प्रयोग गर्न पाउने निर्णय पनि गरेको छ ।
त्यो निर्णयका कारण पार्टी विभाजनबाट जोगिएको उनले बताए । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री ओलीको विपक्षमा मतदान गर्ने पक्षमा छन् भने अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका नेताहरु तटस्थ बस्ने पक्षमा देखिएका छन् । कुनै एउटा पक्षमा निर्णय गरेर सांसदलाई ह्वीप जारी गरेको भए पार्टी विभाजन हुने सम्भावना नजिक थियो ।
प्रधानमन्त्री ओलीको पक्षमा मतदान नगर्ने तर सांसदले आफ्नो विवेक प्रयोग गर्ने निर्णय गरेपछि पार्टी जोगिएको हो । भोलिको संसदमा तपाईको भूमिका के हुन्छ ? भन्ने जिज्ञासामा उनले आफू कोरोना पोजेटिभ भएका कारण संसदमा उपस्थित नहुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण