दाङमा श्रीमतीको हत्या गर्ने पुरुष प्रहरीको नियन्त्रणमा
आइतबार, २६ वैशाख २०७८, १८ : १५
बुटवल । दाङमा एक व्यक्तिले घरेलु हतियार प्रयोग गरि श्रीमतीको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय दाडका अनुसार जिल्लाको गढवा गाउँपालिका वडा नं. २ महादेवा निवासी ३७ वर्षीय धनीराम चौधरीले ३८ वर्षीय श्रीमती शिला चौधरीको हत्या गरेका हुन् ।
घरायसी विवादले उग्ररूप लिएपछि श्रीमानले घाँटीमा प्रहार गर्दा श्रीमती गम्भीर घाइते भएकी थिइन् । उनको लमही अस्पतालमा उपचारको क्रममा निधन भएको जनाएको छ । हत्या धनिरामलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धानको प्रकृया अगाडि बढाएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज काठमाडौँमा
-
राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गर्छौं : मन्त्री भण्डारी
-
नाउपाभित्र खैलाबैला : दामोदर पनि रेशमको लाइनमा उभिएपछि एक्लिन् रञ्जिता
-
विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पुर्याउने शिक्षा अध्यापन गराउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन
-
भूराजनीतिको भूमरीमा बीआरआई परियोजना