जसपाका सांसदलाई ह्वीप नलाग्ने, ओलीको पक्ष र विपक्ष दुवैमा मत हाल्न पाउने
जनता समाजवादी पार्टी नेपाल (जसपा)ले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिँदा सांसदलाई ह्वीप जारी नगर्ने भएको छ । यद्यपी पार्टीले विश्वासको मतको पक्षमा मत नहाल्ने निर्णय गरेको छ । तर सांसदलाई ह्वीप भने नलगाइएको वरिष्ठ नेता राजेन्द्र महतोले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार सांसदले मतदान गर्दा स्वविवेक प्रयोग गर्न पाउनेछन् ।
जसपा अध्यक्ष उपेन्द्र यादवले पनि आज बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको बताए । उनले भने, ‘प्रधानमन्त्री अोलीले लिने विश्वासको मतको पक्षमा मतदान नगर्ने निर्णय भएको छ, तर के गर्ने सांसदको स्वविवेक भर पर्छ ।’
विश्वासको पक्षमा मत नहाले तटस्थ बस्नुहुन्छ कि विपक्षमा मत हाल्नुहुन्छ भनि राखिएको जिज्ञासामा अध्यक्ष यादवले भने, दुवै हुनसक्छ, तटस्थ पनि बस्न सकिन्छ, विपक्षमा पनि मतदान गर्न सकिन्छ ।’
जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षका संसद तटस्थ बस्नुपर्ने पक्षमा छन् भने यादव पक्ष विपक्षमा मत हाल्ने पक्ष छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण