विवादित मुद्दामा वार्ता गर्न भारत–पाकिस्तानलाई साउदीको सुझाव

एजेन्सी । साउदी अरबले वार्ताद्वारा काश्मिरसहित सबै मुद्दामा सहमति खोज्न भारत र पाकिस्तानलाई आग्रह गरेको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खान र साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान बीचको उच्च स्तरीय वार्तापछि पाकिस्तानको विदेश कार्यालयले संयुक्त विज्ञप्ति जारी गरेको हो । इमरान हाल साउदीको भ्रमणमा छन् ।
संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘क्षेत्रीय शान्ति र स्थिरता सुनिश्चित गर्नका लागि दुबै पक्षले भारत र पाकिस्तानबीच काश्मिर समेत विवादित सबै मुद्दाको समाधान वार्ताद्वारा गर्ने विषयलाई महत्व दिएका छन् । नियन्त्रण रेखामा युद्ध विरामका लागि भारत र पाकिस्तानका सैन्य अधिकारीहरूबीच भर्खरै बनेको सहमतिको राजकुमारले स्वागत गरेका छन् ।’ यो युद्धविराम भारत र पाकिस्तानबीच सन् २००३ मा बनेको सहमतिमा आधारित छ ।
भारत र पाकिस्तानले नियन्त्रण रेखामा युद्ध विरामसँग जोडिएका सम्झौताको कडाईका साथ पालना गर्नका लागि तयार रहेको घोषणा २५ फेब्रुअरीमा गरेका थिए । इमरानले साउदी भ्रमणका दौरान दुबै देशबीचको दुई पक्षीय सम्बन्धको समिक्षा र आपसी तथा अन्तर्राष्ट्रिय मुद्दाका विषयमा छलफल गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजस्थानको विष्फोटक व्याटिङले गुजरातलाई झट्का, सूर्यवंशीले गरे चमत्कार
-
तनहुँको छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन शुरु
-
युरोपियन युनियनका राजदूत लोरेन्जो र ललितपुर महानगरका मेयर चिरिबाबुबीच भेट
-
१२ बजे, १२ समाचार : तीनकुने घटनामा संलग्न १२ जना थुनामुक्तदेखि १० रुपैयाँ भारु प्रतियुनिटमा पनि पाइएन विजुलीसम्म
-
भीम रावलको प्रश्न : महेश बस्नेत र पूर्णबहादुरको कुराको छानबिन हुनुपर्दैन ?
-
मनमोहन स्मृति क्रिकेट : त्रिभुवन आर्मी फाइनलमा