शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अरु दललाई हाम्रो ह्वीप लाग्दैन : प्रमुख सचेतक भट्टराई

आइतबार, २६ वैशाख २०७८, १७ : २७
आइतबार, २६ वैशाख २०७८

काठमाडौं । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा एमालेका कुनै पनि सांसदले मत हाल्ने सम्भावना नरहेको बताएका छन् । आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पार्टीभित्र ह्वीप लाग्ने र सांसदहरुले पार्टीको ह्वीप मान्नुपर्ने संकेत गरेका हुन् । उनले अन्य पार्टीलाई आफुहरुको ह्वीप नलाग्ने भन्दै घुमाउरो शैलीमा कुनै पनि सांसदहरुले ह्वीप उलंघन गर्न नमिल्ने संकेत गरे ।

उनले भने, ‘२०७४ सालको निर्वाचनमा नेकपा एमालेले जम्मा १ सय २१ सिट जितेको हो । त्यो १ सय २१ सिट संख्या यसपटक प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा उभिन्छ । बाँकी राजनीतिक दलहरूसँग हामीले सहयोग माग्ने मात्रै हो । अरु दललाई हाम्रो ह्वीप लाग्दैन । निर्देशन लाग्दैन । प्रधानमन्त्रीले सबैलाई आग्रह गर्नुभएको छ । यदि विश्वासको मत प्राप्त भएन भने विपक्षीमा बसेर हामी मुलुक र जनताको सेवा गर्न तत्पर छौ ।’

उनले एमालेकै नेपाल खनाल समूहले प्रधानमन्त्रीले विश्वासको मत लिन प्रस्ताव पेश गर्नु अगावै राजीनामा दिने कुरामा आफुलाई विश्वास नभएको तर्क गरे । उनले भने, “मलाई पटक्कै विश्वास छैन । किनभने निर्वाचनमा ५ बर्षका लागि मत मागेर आउनुभयो । विकास र सम्बृद्धिको कुरा गर्नुभयो । यसबेला आएर जनताका बीचमा राजीनामा दिएर के भन्दै जाने हो । त्यसकारणले मलाई राजीनामा आउँछ जस्तो लागेको छैन ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप