शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

समता लघुवित्त र रुरुको सेयर मूल्य सर्किट लेभलमा बढ्यो

आइतबार, २६ वैशाख २०७८, १७ : ०९
आइतबार, २६ वैशाख २०७८

काठमाडौं । आइतबार (बैशाख २६) नेप्से सूचक १८.५६ अंकले घटेर २६१८.५६ विन्दुमा अडिएको छ । २ सय १९ कम्पनीको १ करोड २७ लाख २८ हजारभन्दा बढी कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब १४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कारोबारमा आएका सबै समूहको सूचक घटेको छ । २ कम्पनीको भाउ सर्किट लाग्ने गरी वृद्धि भएको छ । समता घरेलु लघुवित्त वित्तिय संस्था र रुरु जलविद्युत परियोजनाको सेयर मूल्य सबैभन्दा बढेको छ । समताको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर ८ सय ४ रुपैयाँ प्रतिकित्ता कायम भएको छ । 

यता भर्खरै मात्र दोस्रो बजारमा प्रवेश गरेको रुरु जलविद्युत परियोजनाको सेयर मूल्य ९.८२ प्रतिशतले बढेर ५ सय ४८ रुपैयाँ पुगेको छ ।  खरिद बिक्री रकममा २८ करोड ८६ लाख रुपैयाँभन्दा बढीसहित एनसीसी बैंक अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रोमा कुमारी बैंक र तेस्रोमा हिमालयन डिस्टिलरी परेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप