मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

आगामी बजेटको आकार बढ्ने

आइतबार, २६ वैशाख २०७८, १७ : ०४
आइतबार, २६ वैशाख २०७८

आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक बर्षको संसोधित बजेट भन्दा बढी हुने भएको छ । कोरोना नियन्त्रणका लागि खर्च गर्नुपर्नेलगायतका कारण बजेटको आकार बढ्ने अर्थमन्त्रीका आर्थिक सल्लाहकार डा. प्रकाश श्रेष्ठले बताए । 
चालू आवमा १३ खर्ब ४४ अर्ब ६८ करोड खर्च हुने संशोधित अनुमान गरिएको छ । यो कूल विनियोजनको करिब ९१.१९ प्रतिशत हो । गत जेठमा सरकारले तत्कालीन सङ्घीय संसदमा पेश गरेको बजेट भने १४ खर्ब ४६ अर्ब रहेको थियो ।
कोरोनाले थला पारेको आर्थिक गतिविधि चलायमान बनाइ आकर्षक आर्थिक वृद्धिदर बनाउन पनि बजेटमा दबाब छ । चालु आर्थिक वर्षको खर्च  र स्रोतको अवस्था (राजस्व, वैदेशिक सहयोग, आन्तरिक ऋण) को आधारमा बजेटको आकार निर्धारण हुन्छ । योजना आयोगले मन्त्रालयलाई सिलिङ पठाइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप