बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना अपडेट : ८८ जना मृतक थपिए

आइतबार, २६ वैशाख २०७८, १६ : ४३
आइतबार, २६ वैशाख २०७८

देशभर थप ८८ जना संक्रमितको मृत्युको तथ्यांक प्राप्त भएको छ । २४ घण्टामा थप ५२ जना संक्रमितको मृत्यु भएकोमा यसअघि मृत्यु भएका थप गरी ८८ संक्रमितको मृत्युको तथ्यांक प्राप्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा ४ हजार २२ जना निको भएर डिस्चार्ज पनि भएका छन् ।

पछिल्लो २४ घण्टामा देशभर थप ८८५० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पीसीआरबाट ८७७७ र एन्टीजेनबाट ७३ जनामा संक्रमण पुष्टि भएको हो । 

काठमाडौँ उपत्यकामा मात्र ४१९८ जना संक्रमित थपिएका छन् । यसमध्ये ३ हजार १६१ जना काठमाडौँ जिल्लामा, ललितपुरमा ५३३ र भक्तपुर ५०४ जना संक्रमित भेटिएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप