ओलीले राप्रपाका सांसदसँग विश्वासको मत मागेनन्, राजेन्द्र लिङ्देन भन्छन्– तटस्थ बस्नु ठीक !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभामा विश्वासको मत दिँदैछन् । विश्वासको मत लिने प्रयोजनका लागि यसअघि नै राष्ट्रपतिबाट बैठक आह्वान भइसकेको छ भने काँग्रेसले माओवादी केन्द्रले विश्वासको मत नदिने निर्णय लिइसकेको छ भने जसपा पनि तटस्थ बस्ने भएको छ ।
यस्तो अवस्थामा प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त नहुने देखिएकै बेला प्रधानमन्त्री ओलीले साना पार्टीसँग भने मत समेत नमागेको पाइएको छ । मत माग्नका लागि काँग्रेस सभापति शेरबहादुर देउवाका निवाससम्म पुगेका उनले एक सिट भएको पार्टी राप्रपासँग अहिलेसम्म मतसम्म नमागेका हुन् ।
राप्रपाका सांसद राजेन्द्र लिङ्देनले अहिलेसम्म एमाले र प्रधानमन्त्रीको तर्फबाट आफूसँग कसैले पनि मत नमागेको रातोपाटीलाई बताए । प्रधानमन्त्रीले मत नमागे पनि अध्यक्षत्रय (कमल थापा, डा प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणा) बीच बैठक बसेर निर्णय लिइने लिङ्देनको भनाइ छ ।
यद्यपि अहिलेको विषम परिस्थितिमा सत्ताको खेलमा लाग्नु हितकर नहुने भएकाले आफ्नो व्यक्तिगत इच्छा तटस्थ बस्नुपर्ने भन्ने रहेको उनको भनाइ । ‘अहिलेसम्म हामीसँग मत मागिएको छैन’, उनले भने, ‘तर पार्टीको बैठक बसेर के गर्ने भन्नेबारे निर्णय लिइन्छ । मेरो चाहना कोरोनाको विषम परिस्थितिमा सत्ताको खेलमा लाग्नु उचित होइन, पार्टी तटस्थ बस्नुपर्छ ।’
विगतमा प्रतिनिधिसभा निर्वाचनमा एमालेले लिइ्देनलाई झापामा सघाएको थियो । तर, पछिल्ले समय राप्रपाले ओलीको कार्यशैलीको विरोध गर्दै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध