कोरोना संक्रमितलाई खाना खुवाउन सहयोग लिएपछि अस्पताल प्रमुखसँग स्पष्टीकरण

जनकपुर । प्रादेशिक अस्पताल जनकपुरधामको कोषमा लाखौँ रकम रहे पनि कोरोना संक्रमितलाई खाना खुवाउन दातासँग सहयोग लिएको विषयमा प्रदेश सरकारले अस्पतालका मेडिकल सुपरिटेन्डेन्टसँग स्पष्टीकरण लिएको छ ।
कोभिड– १९ संक्रमितका लागि दातासँग खाना माग गरेको विषयमा मुख्यमन्त्री लालबाबु राउतले प्रादेशिक अस्पताल जनकपुरधामका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद कुमार यादवसँग स्पष्टीकरण सोधेका हुन् ।
डा. यादवलाई आफ्नै निवासमा बोलाएर मुख्यमन्त्री राउतले स्पष्टीकरण सोधेका हुन् । अस्पतालले संक्रमितलाई खाना खुवाइदिन भन्दै जनकपुरधामस्थित मारवाडी युवा मञ्चलाई लेखेको पत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि प्रदेश सरकारको चौतर्फी आलोचना भईरहेको छ ।
मुख्यमन्त्री राउतले प्रादेशिक अस्पताल जनकपुरधामले कुन आधारमा मारवाडी युवा मञ्चसँग संक्रमितहरुको खानाका लागि सहयोग माग गरेको भन्नेबारे मेडिकल सुपरिटेन्डेन्ट डा. यादवसँग स्पष्टीकरण मागेका हुन् । जवाफमा मेडिकल सुपरिटेन्डेन्ट डा. यादवले मारवाडी युवा मञ्चले अस्पतालमा उपचाररत कोभिड १९ का बिरामी तथा कुरुवालाई खाना वितरणका लागि पत्रमार्फत अनुरोध गरेको र सोही आधारमा आफुले अनुमति दिँदै पत्र लेखेको जवाफ मुख्यमन्त्री राउतलाई दिएको सचिवालयले जनाएको छ ।
अस्पतालमा बिरामीहरुको खाना बापतको शीर्षकमा अझै १५ लाख रुपैयाँ बाँकी रहेको र आवश्यक परे थप रकमसमेत उपलब्ध गराउन प्रदेश सरकार तयार रहेको मुख्यमन्त्री राउतले बताएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वान्सी सिटीको सहमालिक बने चर्चित फुटबलर लुका मोड्रिच
-
९ महिनामा करिब ५८ अर्ब वैदेशिक लगानी प्रतिबद्धता, कुन क्षेत्रमा कति लगानी ?
-
झुक्किएर डिपोर्ट भएकालाई अमेरिकाले फिर्ता नल्याउने
-
शिक्षकहरूका मागका विषयमा तीन मन्त्री छलफलमा
-
आणविक हतियारको मुद्दामा इरानबारे के भन्छन् ट्रम्प ?
-
युक्रेन युद्धमा मारिएकाहरूबारे के भन्छन् ट्रम्प ?