बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राजीनामा दिनुअघि खनाल-नेपाल पक्षका सांसदहरु सिंहदरबारमा

आइतबार, २६ वैशाख २०७८, १६ : ११
आइतबार, २६ वैशाख २०७८

काठमाडौं । सामूहिक राजीनामा दिने तयारीमा रहेका नेकपा एमाले (खनाल-नेपाल) पक्षका सांसदहरु सिंहदरबारमा भेला भएका छन् । त्यस्तै बरिष्ठ नेता माधवकुमार नेपाल पनि भर्खरै सिंहदरबार पुगेका छन् । राजीनामा अघि सिंहदरबारमा आउन शीर्ष नेताले भनेकाले आफुहरु सिंहदरबारमा आएको सांसद मेटमणी चौधरीले जानकारी दिए । 

‘हामी सांसदहरु पनि छौ भर्खरै बरिष्ठ नेता माधवकुमार नेपाल पनि आइसक्नु भएको छ । राजीनामाबारे अब छलफल हुन्छ’, चौधरीले बताए ।  यसअघि उक्त पक्षका नेताहरुबीच राजीनामाबारे भर्चुअल छलफल भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप