खेलकुद महासंघद्वारा ट्राफिकलाई स्वास्थ्य सामाग्री प्रदान
नेपालमा कोभिड १९ को दोश्रो भेरियन्टका कारण महामारी बढिरहेको अवस्थामा खेलकुद क्षेत्र पनि कोभिड रोकथाम अभियानमा अगाडी बढ्न थालेको छ ।
सोहि क्रममा एमाले निकट नेपाल खेलकुद महासंघ (नेकोस)ले ‘नेकोसको आव्हान, कोभिड – नो भिड’ भन्ने मुल नाराको साथ आफ्नो कोभिड रोकथामको राष्ट्रिय अभियानलाई अगाडी बढाएको छ ।
सोहि अभियान अन्तरगत महासंघका केन्द्रिय उपाध्यक्ष एवं कोभिड राष्ट्रिय अभियानका केन्द्रिय संयोजक परशुराम बस्नेतको नेतृत्वमा स्थाई कमिटी सदस्य सुरेश कार्की लगायत अन्य पदाधिकारीहरूको टोलीले ईटहरीस्थित १ नं. प्रदेश क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयलाई मास्क, स्यानिटाइजर र ग्लोभ्स प्रदान गरेको स्थाई कमिटी सदस्य कार्कीले जानकारी गराए ।
नेकोसका केन्द्रिय उपाध्यक्ष एवं कोभिड राष्ट्रिय अभियानका केन्द्रिय संयोजक परशुराम बस्नेतले २२५० थान मास्क, १० लिटर स्यानिटाइजर र केहि दर्जन ग्लोभ्स ट्राफिक कार्यालयका प्रमुखलाई प्रदान गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिल्पी थिएटरमा आजबाट नाटक ‘ए आई’
-
कहिलेदेखि पाइन्छ धरहरा चढ्न ? थपिँदै विवादमाथि विवाद
-
कोरला नाकामा नेपाल र चीनका प्रहरीले गरे पैदल गस्ती (तस्बिरमा हेर्नुहोस्)
-
१० वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ
-
७.३ प्रतिशत आर्थिक विकासको लक्ष्य पूरा हुँदैन: प्रकाशशरण महत
-
प्रचण्डविरुद्ध खनिए बाबुराम–'चुनाव क्षेत्र छोडेर निस्वार्थ सहयोग गरेँ,अहिले मविरुद्ध अशोभनीय हर्कत गर्दै छन्'