शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

टीकापुर अस्पतालमा थप पाँच संक्रमितको मृत्यु

आइतबार, २६ वैशाख २०७८, १४ : ५८
आइतबार, २६ वैशाख २०७८

पछिल्लो २४ घण्टामा कैलालीको टीकापुर अस्पतालमा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा टीकापुर–१ का ६० वर्षीय पुरुष, टीकापुर–२ का ५० वर्षीय पुरुष, कैलाली जानकी–२ का ५४ वर्षीय पुरुष, टीकापुर–१ का ५१ वर्षीय पुरुष र टीकापुर–१ का ६४ वर्षीय पुरुष रहेको टीकापुर अस्पतालका व्यवस्थापक टेकराज भट्टले जानकारी दिए । टीकापुर अस्पतालमा १३ जना कोभिड–१९ एचडीयूमा भर्ना छन् भने ३५ जना शंकास्पद कोरोना संक्रमित डाक्टरको निगरानीमा रहेको उनले बताए । 

संक्रमित बढेसँगै टीकापुर अस्पतालमा अक्सिजनको अभाव हुन थालेको छ । ‘अहिलेसम्म जसोतसो गरी काम चलाइरहेका थियौँ, अब त अक्सिजन नै सिद्धिन लाग्यो,’ भट्टले भने । अक्सिजन सकिन लाग्दा नेपालगञ्जबाट मगाउने गरेको भएपनि ढिलासुस्तीका कारण समयमा अक्सिजन आउन नसकेको उनको भनाइ छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप