शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मकवानपुरमा थप १ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि

आइतबार, २६ वैशाख २०७८, १४ : ५७
आइतबार, २६ वैशाख २०७८

मकवानपुर । मकवानपुरमा आइतबार थप १ सय ३४ जना कोरोना संक्रमित थपिएका छन् । कुल १ सय ९७ जनाको स्वाब संकलन गरी पिसीआर र एन्टिजेन प्रविधिबाट कोरोना परीक्षण गर्दा ५४ जना महिला र ८० जना पुरुषमा संक्रमण पुष्टि भएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिएका छन् ।

उनकाअनुसार संक्रमण पुष्टि हुनेमा मकवानपुरका १ सय २८ जना रहेका छन् भने अन्य ३ जना बाहिरी जिल्लाको रहेका छन् ।  संक्रमण पुष्टि हुनेमा सबैभन्दा बढी हेटौँडा उपमहानगरपालिकामा १ सय २३ जना रहेका छन् भने भीमफेदी गाउँपालिकाका ३ जना, बकैया गाउँपालिका र राक्सिराङ गाउँपालिकाको १÷१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निरिक्षक चौलागाईंले बताए ।

त्यस्तै हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ का ३० जना, हेटौंडा–५ का १९ जना, हेटौंडा– ९ का १७ जना, हेटौँडा–२ का १३ जना, हेटौंडा–११ का ११ जना, हेटौँडा–८ का ६ जना, हेटौंडा–१० का ५ जना, हेटौँडा–७ का ५ जना, हेटौँडा–१ का ३ जना, हेटौँडा–३ का २ जना, हेटौँडा–६ का २ जना,  हेटौँडा–१३ का २ जना, हेटौँडा–१६ का २ जना, हेटौँडा–१४ का १ जना, हेटौँडा–१९ मा १ जना र हेटौँडा वडा खुल्न नसकेको ४ जनामा संक्रमण पुष्टि भएको छ ।
मकवानपुरमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण दर ६८ प्रतिशत रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप