अफगानिस्तानमा हमलामा मर्नेको संख्या ५८ पुग्यो

एजेन्सी । अफगानिस्तानमा शान्ति कायम गर्नका लागि सरकार र तालिबानबीच वार्ता चलिरहेको छ । तर, यसका बाबजुद आतंककारी हमला रोकिएको छैन । राजधानी काबुलको पश्चिम हिस्सामा एक गल्र्स स्कुल बाहिर शनिबार राति भएको विस्फोटमा मर्नेहरुको संख्या ५८ पुगेको अफगानी अधिकारीहरुले आइतबार दिएका छन् । यस हमलामा कम्तिमा १ सय ५० जना घाइते छन् ।
अफगान सरकारका प्रवक्ता तारिक अरियानका अनुसार घाइतेमध्ये अधिकांश विद्यार्थी छन् । स्कुल छुट्टी भएर छात्राहरु निस्किरहेका बेला हमला भएको थियो । अहिलेसम्म यस हमलाको जिम्मेवारी कुनै पनि समूहले लिएको छैन । अमेरिकाले सेप्टेम्बर ११ सम्म आफ्नो सेना फर्काइसक्ने योजना सार्वजनिक गरिसकेको संक्रमणकालीन समयमा काबुलमा यस्तो भयावह स्थिति सिर्जना भएको हो । अफगानी राष्ट्रपति असरफ घानीले विज्ञप्ति जारी गर्दै यस हमलाको निन्दा गरेका छन् । उनले तालिवानमाथि हमलाको आरोप लगाएपनि कुनै प्रमाण भने पेस गर्न सकेनन् । यता, तालिवानले पनि घटनाको निन्दा गरेको छ । उसले यस घटनामा आफ्नो कुनै संलग्नता नरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला
-
आफुहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा
-
गर्मी छल्न लेकमा सार्न थालियो पशुगोठ