बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अफगानिस्तानमा हमलामा मर्नेको संख्या ५८ पुग्यो

आइतबार, २६ वैशाख २०७८, १४ : ५३
आइतबार, २६ वैशाख २०७८

एजेन्सी । अफगानिस्तानमा शान्ति कायम गर्नका लागि सरकार र तालिबानबीच वार्ता चलिरहेको छ । तर, यसका बाबजुद आतंककारी हमला रोकिएको छैन  । राजधानी काबुलको पश्चिम हिस्सामा एक गल्र्स स्कुल बाहिर शनिबार राति भएको विस्फोटमा मर्नेहरुको संख्या ५८ पुगेको अफगानी अधिकारीहरुले आइतबार दिएका छन् । यस हमलामा  कम्तिमा १ सय ५० जना घाइते छन् । 

अफगान सरकारका प्रवक्ता तारिक अरियानका अनुसार घाइतेमध्ये अधिकांश विद्यार्थी छन् । स्कुल छुट्टी भएर छात्राहरु निस्किरहेका बेला हमला भएको थियो ।  अहिलेसम्म यस हमलाको जिम्मेवारी कुनै पनि समूहले लिएको छैन । अमेरिकाले सेप्टेम्बर ११ सम्म आफ्नो सेना फर्काइसक्ने योजना सार्वजनिक गरिसकेको संक्रमणकालीन समयमा काबुलमा  यस्तो भयावह स्थिति सिर्जना भएको हो । अफगानी राष्ट्रपति असरफ घानीले विज्ञप्ति जारी गर्दै यस हमलाको निन्दा गरेका छन् । उनले तालिवानमाथि हमलाको आरोप लगाएपनि कुनै प्रमाण भने पेस गर्न सकेनन् । यता, तालिवानले पनि घटनाको निन्दा गरेको छ । उसले यस घटनामा आफ्नो कुनै संलग्नता नरहेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप