स्वास्थ्य मन्त्रालयले अक्सिजन व्यवस्थापनको जिम्मा सीसीएमसीलाई दिने
आइतबार, २६ वैशाख २०७८, १४ : ५२
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सिस्टम (सीसीएमसी) अक्सिजन व्यवस्थापनको जिम्मा दिएको छ । अक्सिजन व्यवस्थापन तथा वितरणको जिम्मा आइतबार बसेको इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसीएस) को बैठकले सीसीएमसीलाई दिने निर्णय गरेको मन्त्रालयले जनाएको हो ।
अक्सिजन चाहिने बिरामीको संख्या बढेपछि देशभर उपचारका लागि अस्पताललाई अक्सिजन अपुग भएको गुनासो बढेपछि अक्सिजन व्यवस्थित गर्न सीसीएमसीलाई जिम्मा दिने निर्णय स्वास्थ्य मन्त्रालयले गरेको छ । शनिबार मात्रै अक्सिजन उद्योगहरुलाई पत्र लेख्दै स्वास्थ्य मन्त्रालयले कुनै पनि अस्पतालहरुलाई अक्सिजन दिनु अघि मन्त्रालयको सिफारिस हेरेर मात्रै दिन निर्देशन दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालले हङकङविरुद्ध पहिले ब्याटिङ गर्ने
-
म्याग्दीमा टिपर दुर्घटना, एक जनाको मृत्यु
-
'वर्ल्ड प्रेस फोटो अफ द इयर' अवार्ड जित्ने गाजाको फोटोको कथा
-
अब आन्तरिक कलह हट्नुपर्छ : इजरायली प्रधानमन्त्री
-
थाई–म्यान्मार सीमा सहर नजिकै फेरि झडप सुरु
-
सेकेन्ड ह्यान्ड आइफोन किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्