शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पिसीआर गर्नु पर्यो ? स्वाव संकलन गर्न घरमै आउँछ साथी

आइतबार, २६ वैशाख २०७८, १४ : ४४
आइतबार, २६ वैशाख २०७८

काठमाडौं । राइड सेयरिङ्ग एप साथीले कोरोना भाइरसको शंका भएका व्यक्तिहरुका लागि घरमै पिसीआर परीक्षण गर्न सकिने विशेष सेवा शुरु गरेको छ ।

विगत लामो समयदेखि राइड सेयरिङ्ग सुविधा दिँदै आएको साथी राइडले यस कोरोना महामारीको विषम परिस्थितिलाई न्यूनीकरण गर्न ‘घरमै बसौं, सुरक्षित रहौं’ भन्ने नाराका साथ विभिन्न अस्पताल तथा प्रयोगशालाहरू (ल्याब) सँग सहकार्य गरी सहज तथा सुरक्षाको लागि घरमै पिसीआर स्वाब संकलन गर्न मद्दत गर्ने जनाएको हो।

यस अघि कम्पनीले यात्रीहरूलाई राइड बुकिङ, रेन्टल कार सर्भिस र फूड डेलिभरी सर्भिस दिँदै आएको थियो।

कम्पनीका बजार व्यवस्थापन प्रमुख इन्जोल श्रेष्ठले भने, ‘हाल उपत्यकामा मात्रै यो सेवा सुरु भएता पनि आउँदो दिनमा हामी यस सुविधालाई विस्तार गर्दै नेपालका विभिन्न जिल्लाहरुमा पनि यो सेवा उपलब्ध गराउने छौं। हामीले अहिले एम्बुलेन्स नपाएर कोरोना तथा अन्य रोगका कारण मृत्यु भएको खबरहरु धेरै नै सुनिरहेका छौं। यही कुरालाई मध्यनजर गर्दै हामीले विभिन्न संघ संस्थाहरूसँग सहकार्य गरी इमर्जेन्सी कार सर्भिस साथै हेलि एम्बुलेन्सको सुविधा पनि सञ्चालन गर्ने तयारीमा छौं ।’

हाल घरमै पिसीआर परीक्षण गराउने यो सेवा काठमाडौंमा शुरु भइसकेको छ भने आगामी दिनमा देशका अन्य शहरहरुमा पनि उपलब्ध गराउने योजना भएको साथीले जनाएको छ ।

यो सेवा लिनका लागि सेवाग्राहीहरुले साथी एप डाउनलोड गरेर त्यसमा आफ्नो नाम ठेगानासहितको जानकारीहरु राखेर रजिस्टर्ड गर्नुपर्ने हुन्छ । र सो एप मार्फत सिधै सेवा लिन सकिन्छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप