दुई सातादेखि घुन्साबस्ती सम्पर्कविहीन
![दुई सातादेखि घुन्साबस्ती सम्पर्कविहीन](https://rpcdn.ratopati.com/media/albums/teliphone_zGpEeMlsDU.jpg)
ताप्लेजुङ । पर्यटकीय बस्ती ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ घुन्सामा दुई सातादेखि सम्पर्कविहीन बनेको छ । टेलिफोन टावरमा प्राविधिक समस्या आएपछि सम्पर्कविहीन बन्न पुगेको हो । टावरमा समस्या आएसँगै कुनै टेलिफोन तथा मोबाइलमार्फत सञ्चार हुन सकेको छैन । कोभिड–१९ को सङ्क्रमण बढिरहेको समयमा आफ्ना आफन्तहरूसँग सम्पर्कमा रहनुपर्ने समयमा घुन्सा क्षेत्रका स्थानीयवासीले आफ्ना आफन्तसँग सम्पर्क बन्द भएको स्थानीयवासी मिङमा डण्डु शेर्पाले जानकारी दिए । समुद्र सतहदेखि तीन हजार ५०० मिटर उचाइमा अवस्थित बस्ती घुन्सा र फले क्षेत्रमा मोबाइल बन्द भएको हो । स्याटेलाइट प्रविधिबाट घुन्सा क्षेत्रमा मोबाइल सेवा प्रदान गर्दै आएको दूरसञ्चार कार्यालय ताप्लेजुङका निमित्त कार्यालय प्रमुख वीरेन्द्र चेम्जोङले बताए ।
उनले भने, “टावरमा समस्या आएको छ । केही आवश्यक उपकरण फेर्नु पर्दछ । त्यसका लागि आवश्यक सामग्री इलाम दूरसञ्चार कार्यालयबाट झिकाएको छ । आज फुङलिङमा आइपुग्छ ।” घुन्सा क्षेत्रमा अहिले कुनै सञ्चार हुन सक्दैन । नेपाल प्रहरीको सेटबाट घुन्सा प्रहरी चौकीमामार्फत स्थानीयवासीलाई आवश्यक सामग्री लिन सदरमुकाम फुङ्लिङ आउन खबर गरेको चेम्जोङले बताए ।
सदरमुकाम फुङलिङबाट स्थानीयवासी आफैंले ढुवानी गरेर घुन्सासम्म पुर्याउनुपर्ने उनले बताए । सदरमुकाम फुङ्लिङदेखि घुन्सा पुग्न तीन दिन पैदल यात्रा गर्नु पर्दछ । ताप्लेजुङमा घुन्सा र ओलाङचुङगोल गरी दुईवटा स्याटलाइट प्रविधिबाट हिमाली बस्तीमा मोबाइल सेवा दिइरहेको जिल्ला दूरसञ्चार कार्यालयले जनाएको छ । ताप्लेजुङको विभिन्न स्थानमा २३ वटा मोबाइल टावरले सेवा दिँदै आएको कार्यालयको तथ्याङकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा परी १० जनाको मृत्यु, तीन घाइते (अपडेट)
-
कमेडी च्याम्पियन्स–३ को उपाधि सुनील खड्कालाई
-
दही च्यूरा खाएर मनाइयो असार १५
-
कोहली फर्ममा फर्किँदा भारतद्वारा १ सय ७७ रनको लक्ष्य प्रस्तुत
-
राप्रपाभित्र असन्तुष्टहरूको आवाज : पार्टी विधान उल्लंघन गर्ने विश्वविद्यालय बन्यो
-
पत्रकार रिसाललाई ‘रोटरी लाइफ टाइम एचिभमेन्ट अवार्ड’