बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

खैरो हेरोइनसहित २ जना पक्राउ

आइतबार, २६ वैशाख २०७८, १४ : ०६
आइतबार, २६ वैशाख २०७८

काठमाडौं । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ बाट प्रहरीले लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३३ वर्षीय प्रेमदत्त भट्ट र बेतकोट नगरपालिका घर भएका ३२ वर्षीय केशव खत्री छन् ।

 म.२ प. ७१०० नम्बरको स्कुटर सवार उनीहरुको साथबाट १४ ग्राम ६९ मिलिग्राम अवैध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । आरोपीबारे इलाका प्रहरी कार्यालय दोधाराले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप