शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रहरीमाथि हातपात गर्ने २ जना पक्राउ

आइतबार, २६ वैशाख २०७८, १३ : ५६
आइतबार, २६ वैशाख २०७८

काठमाडौं । सुनसरीको इनरुवा नगरपालिका–९ बाट मास्क नलगाई हिँड्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जाल्पापुर बस्ने २६ वर्षीय नजाम मियाँ र शम्शेर मियाँ छन् । अस्थायी प्रहरी पोष्ट सम्बला पोखरीबाट खटिएका प्रहरी हवल्दारले ‘मास्क खोइ ?’ भनेर प्रश्न गर्दा उनीहरुले हातपात गरेका थिए ।

शनिवार हवल्दारलाई हातपात गरेर अपशब्द बोलेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । एउटा मोटरसाइकलमा सवार ३ जनामध्ये एकजना फरार भएका छन् । उनीहरुले प्रहरी हवल्दारलाई कुटपिट गरेर कपडा च्यातिदिएका छन् ।
कोरोना रोकथामका लागि खटिएका प्रहरीलाई अभद्र ब्यबहार गर्ने बिरुद्ध संक्रामक रोग ऐन–०२० र अभद्र व्यवहार मुद्दा चलाइने सुनसरीका एसपी कमल थापाले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप