प्रदेश १ मा पछिल्लो १२ घण्टामा ७ कोरोना संक्रमितको मृत्यु

विराटनगर । प्रदेश १ मा पछिल्लो १२ घण्टामा सात जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगरको नोबल अस्पतालमा ६ र विराट मेडिकल कलेजमा थप एक गरि सात जनाको मृत्यु भएको हो । विराट मेडिकलमा सुनसरीको इटहरी उपमहानगर ८ की ५४ वर्षीय महिलाको आज विहान मृत्यु भएको हो । उच्च रक्तचाप र क्यान्सर रोगले पीडित उनमा कोरोना संक्रमण पुष्टि भएपछि २४ गते अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालका इन्चार्ज सुनील देवले बताए ।
नोबेलमा आज बिहान २ः३० बजे धरानका ६६ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको नोबल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । सोही दिन ३ः३० बजे विराटनगर १ त्रिवेणी चोक घर भएका ७६ वर्षीय पुरुषको पनि उपचारको क्रममा मृत्यु भएको छ । यस्तै सिरहाको कल्याणपुर ४ की ३८ वर्षीय कोरोना संक्रमित महिलाको पनि उपचारको क्रममा नोबेलमा मृत्यु भएको अस्पतालका प्रबन्धक दाहालले जानकारी दिए ।
यस्तै, मोरङको उर्लाबारी–६ की ३९ वर्षीया महिला, झापाको मेचीनगर–६ का ६० वर्षीय पुरुष र सप्तरीको बोदे बरसाइन नगरपालिका–१० का ३५ वर्षीय पुरुषको आइतबार बिहान मृत्यु भएको नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख