चिनियाँ रकेट हिन्द महासागरमा खस्यो, टर्यो खतरा
एजेन्सी । चीनको अनियन्त्रित रकेट लङ मार्च ५ बी आज पृथ्वीको वायुमण्डलमा प्रवेश गरेको छ । यो माल्दिभ्स नजिकै हिन्द महासागरमा खसेको छ । २१ टन वजनको विशाल रकेट अन्तरिक्षमा अनियन्त्रित भएपछि पछिल्ला दिन पृथ्वीतर्फ बढ्दै थियो । यदि, मानिस बसोबास गर्ने इलाकामा यो खसेको भए ठूलो क्षति हुनसक्ने थियो ।
चीनको म्यान्ड स्पेस इन्जिनियरिङ कार्यालयका अनुसार लङ मार्च ५ बी रकेटको अवशेष बेइजिङको स्थानीय समयअनुसार बिहान १० बजेर २४ मिनेट जाँदा पृथ्वीको वायुमण्डलमा फेरि प्रवेश गर्यो र ७२ दशलमलव ४७ डिग्री पूर्वी देशान्तर र २ दशमलव ६५ डिग्री उत्तरी अक्षांशमा समुद्रको एउटा खुला क्षेत्रमा गिर्‍यो ।
साउथ चाइना मर्निङ पोस्टका अनुसार अधिकांश अवशेष पृथ्वीको वायुमण्डलमा पुन प्रवेशका दौरान नै जलेको थियो । चीनले यस रकेटमार्फत अन्तरिक्षमा बनाइने आफ्नो तियांगोंग सुपर स्टेशनको पहिलो हिस्सा पठाएको थियो ।
चीनका विदेश मन्त्रालयका प्रवक्ता वांग वेनविनले यसै हप्ता रकेटको अवशेष पृथ्वीको वायुमण्डलमा प्रवेश गर्नेबित्तिकै जल्ने दाबी सञ्चारमाध्यमसँग गरेका थिए । चीनले आगामी हप्ता आफ्नो अन्तरिक्ष केन्द्र कार्यक्रमका लागि अर्को रकेट पनि पठाउन सक्छ । किनकी, उसले अर्को वर्षसम्म यस परियोजनालाई पूरा गर्ने लक्ष्य राखेको छ ।
चिन्ताको जरुरी छैन– चीन
चिनियाँ वैज्ञानिकहरुले पृथ्वीको कक्षमा आइ पुग्नासाथ रकेटको अधिकांश हिस्सा जलिसक्ने हुनाले चिन्ता गर्नुपर्ने आवश्यकता नरहेको जनाएका थिए । बचेको हिस्सा पनि मानिसको बसोबास नरहेको इलाका वा महासागरमै गिर्ने उनीहरुले बताएका थिए । धर्तीको ७५ प्रतिशत हिस्सा पानीले भरिएको छ, बाँकी २५ प्रतिशत इलाकामध्ये पनि अधिकांश इलाकामा मानिसको बसोबास छैन, त्यसैले यसबाट मानिसलाई क्षति हुने खतरा निकै कम थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन
-
विकास सहायता नीतिमा अर्थ मन्त्रालयले गर्न खोजेको संशोधन के हो ?
-
कटहरियामा १२ हजार विद्यार्थी अर्धवार्षिक परीक्षाबाट वञ्चित
-
आन्ध्र प्रदेशको तिरुपति मन्दिरमा भएको भागदौडमा ६ जनाको मृत्यु
-
जसपा नेपालका केन्द्रीय विभागहरूले पाए नेतृत्व
-
लस एन्जलसमा आगलागी, अहिलेसम्म पाँच जनाको मृत्यु