चट्याङ लागेर मोरङमा १ जनाको मृत्यु, २ जना घाइते
आइतबार, २६ वैशाख २०७८, १२ : ४५

मोरङ । चट्याङ लागेर मोरङमा १ जनाको मृत्यु भएको छ । छुट्टाछुट्टै भएका घटनामा २ जना घाइते भएका छन् । आज बिहान पौने ९ बजे रंगेली नगरपालिका १ हाटखोला का ३० वर्षीय प्रविन माझीको चट्याङ लागेर मृत्यु भएको हो । बारीमा काम गरिरहेका बेला चट्याङ लागेर गम्भिर घाइते भएका उनको रंगेली अस्पतालमा पुर्याउनासाथ मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।
त्यस्तै बिहान साढे ९ बजे मोरङकै जहदा गाउँपालिका ६ पोखरियाका ४५ वर्षीय मुक्तर मिया अन्सारी र उनकी श्रीमती २६ वर्षीय जाननारा खातुन चट्याङ लागी घाइते भएका हुन् । उनीहरुको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी, पहिरोमा बेपत्ता भएका परिवारलाई मृतकसरह राहत दिइने
-
दक्षिण अफ्रिका र न्युजिल्यान्डको ऐतिहासिक उपलब्धि
-
निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्ने बाटो खुल्यो
-
नेपाली सेनाको महासेनानी पदमा एक जना र सहायक रथी पदमा एक बढुवा
-
प्रहरीले एकै महिनामा ५२ करोड भन्दा बढी राजस्व उठायो
-
केपी ओली कप फुटबल : रोमाञ्चक खेलमा एपीएफलाई हराउँदै संकटा क्लब सेमिफाइनलमा