शनिबार, १५ मङ्सिर २०८१
ताजा लोकप्रिय

अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिभलमा ‘महानगर’

आइतबार, २६ वैशाख २०७८, १२ : २६
आइतबार, २६ वैशाख २०७८

काठमाडौं । फिल्म ‘महानगर’ अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिभलमा छनोट भएको छ । फिल्मका क्रिएटिभ प्रोड्युसर नवनिधि दाहालले फिल्मको अमेरिका प्रिमियर सोही फेस्टिभलसँगै हुने जानकारी दिए । यस अगाडि फिल्म भारतको कोलकाता फिल्म फेस्टिभलमा पनि प्रिमियर भएको थियो ।

मोहन राईको निर्देशन फिल्म कोलकाता फिल्म फेस्टिभलमा फिल्म एसियन सेलेक्टअन्तर्गत दि नेटवर्क फर दि प्रमोसन अफ एसियन सिनेमा (नेटप्याक) अवार्डका लागि प्रतिश्पर्धात्मक विधामा छनोट भएको थियो ।  ‘अञ्जली’ र ‘सखी’ नामका दुई फिल्म बनाएका मोहनको ‘महानगर’ फिचरमा डेब्यू फिल्म हो । ‘अञ्जली’ तेस्रो लिंगी अञ्जली लामाको जीवनीमा बनाएको डकुमेन्ट्री फिल्म हो भने ‘सखी’ छोटो फिल्म । 

फिल्मले विश्वका ९३ देशबाट सहभागिताका लागि आएका २५ सय फिल्मबाट फेस्टिभलमा ठाउँ बनाएको हो । यो फेस्टिभलको २४ औं संस्करण हो । फेस्टिभल मे २८ देखि सुरु भएर जुन ६ सम्म चल्नेछ ।  कार्म र मेनुका प्रधानको मुख्य भूमिका रहेको फिल्मले एक रातको कथा भन्छ । सानो घटनाका कारण सँगै रात गुजार्न बाध्य उनीहरुको जीवनमा त्यही रातले ल्याउने परिवर्तन फिल्मको कथा हो । फिल्ममा अनोज पाण्डे, सोविता अधिकारी, जीवन बराल, परीक्षितविक्रम राणा, चन्द्र पाण्डे आदि कलाकार पनि अभिनय रहेको छ । 

फिल्मलाई माउन्टेन रिभर फिल्मको सहकार्यमा मिडलवे फिल्म्स्ले निर्माण गरेको हो । निर्देशक मोहन राई स्वयंको लेखन रहेको यो फिल्मको कार्यकारी निर्मातामा गोविन्द पराजुली हुन् । फिल्ममा नरेन्द्र मैनालीको छायाँकन, संगम पन्थीको संगीत र परीक्षित झाको सम्पादन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप